काठमाडौं । सरकारको आलोचनापछि विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्द भएको जानकारी दिएका हुन
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि चाहिने स्वास्थ्य उपकरणहरु चीनबाट ल्याउन विभागले ओम्नी समूहसँग सम्झौता गरेको थियो ।
ओम्नीसंगको सम्झौतामा बजार मुल्यभन्दा धेरै महँगो मुल्यमा सामान खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएपछि उक्त सम्झौता रद्द गर्न सरकार वाध्य भएको हो ।
महानिर्देशक श्रेष्ठले समेत २० प्रतिशत बढि मूल्य तिरेर स्वास्थ्य सामाग्री किनिएको स्विकार समेत गरेका छन् ।
ओम्नीसंगको सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार मात्रै चिकित्सकले बिरामी जाँच्दा लागाउने सुरक्षा सामग्री ९पीपीई० लगायत स्वास्थ्य सामग्री ल्याइएको थियो ।
सम्झौताअनुसार अन्य ओम्नीले अन्य स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको महानिर्देशक श्रेष्ठले बताए ।
उनका खनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजार एन ९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।
तर तेस्रो लटमा ल्याउनु पर्ने ७५ हजार थान र्यापिड टेष्ट किटमध्ये ५० हजार थान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।
यस्तै, भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो । तर, त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।