काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल थप ७ दिन प्रहरी हिरासतमा बस्ने भएका छन् ।
उनिमाथि अनुसंन्धानका लागि थप म्याद मागेका प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले बुधबार ७ दिन हिरासतमै राखेर अनुसंन्धान गर्न अनुमति दिएको हो ।
ज्वरो नाप्ने थर्मल गन (थर्मोमिटर) लगायत स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।