काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नीप्रसाद सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका छन् ।
पुर्वमन्त्री समेत रहेका नेता सापकोटाले आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भने, “यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो, जनताले अपेक्षा गरे अनुसार सरकारले काम गरेर जनताको मन जित्न सकिरहेको छैन । यो सरकारले त सुशासन र भ्रष्टाचारमा क्रमभंगता गर्नुपथ्र्यो ।”
दुई तिहाईको कम्युनिष्ट सरकारले धेरै कुरा गर्छ भन्ने जनताले सोंचेको तर त्यो कुन नसकिरहेको प्रती उनले असन्तुष्टि समेत ब्यक्त गरे ।
“पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा छन उनले भने, प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकाले सचिवालय र स्थायी समिति बैठकहरु बस्न सकिरहेको छैन अब बस्ने सचिवालय बैठकमा सरकारको समिक्षा हुन्छ ।”