काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले सरकारबिरुद्ध संयुक्त मोर्चा गठन गरेका छन् ।
सोमबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको काँग्रेससहित जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादतर्फ उन्मुख भएको निष्र्कष निकाल्दै त्यसबिरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय गरेका हुन । बैठकपछि तीनबुदे निर्णय जारी गर्दै उनिहरुले सम्पुर्ण लोकतान्त्रिक शक्तीहरु एकजुट भई सरकारको सर्वसत्तावादबिरुद्ध संघर्ष गर्ने बताएका छन् ।
बैठकले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याउनेहरूलाई कानुनी कारबाहीको समेत माग गरेको छ ।
तीन दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,”सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सासद डा। सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्ति हरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग पर्छ । ”
बैठकमा तीनै दलका शिर्ष नेताहरु उपस्थित थिए ।
हेर्नुहोस जारी विज्ञप्ति