भारत । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतका सयौं किसानहरुको ऋण तिरिदिएका छन् ।
अमिताभको गृह प्रदेश उत्तर प्रदेशमा रहेका सयौं किसान परिवारको चार करोड भारु भन्दा बढी ऋण उनले तिरिदिएका हुन । यो कुरा उनले आफ्नो ब्लगमा लेखेर सार्बजनिक गरेका हुन ।
किसानका लागि रेलः
अमिताभ बच्चनले किसानको जुन ऋण चुकाएका छन् त्यो एक सरकारी बैंकले दिएका थिए । उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियामार्फत एकमुष्ट सम्झौताको रुपमा चुकाइएको हो । बैंकले ‘कुनै बक्यौता छैन’ को सर्टिफिकेट जारी गर्ने बताइएको छ ।
७६ वर्षीया अभिनेताले लेखेका छन्, ‘ यो सर्टिफिकेट आफैं उनीहरुलाई नीजि रुपमा सुम्पिन चाहन्छु ।’
सबै किसानलाई मुम्बई ल्याउन एक मुश्किल चुनौती थियो त्यसकारण अमिताभको तर्फबाट ७० किसानका लागि ट्रेनमा एक डिब्बा रिजर्भ गरिएको छ ।
यी किसान नोभेम्बर २७ मा आफ्नो बैंकको कागजात लिन मुम्बई पुग्नेछन् । यसै वर्ष अमिताभले महाराष्ट्रका तीन सय ५० किसानको ऋण चुकाएका थिए ।
सन् २००७ मा अमिताभ जग्गाको एक सम्झौताका कारण विवादमा आएका थिए । यो मामलामा अदालतले पनि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध तरिकाले छुट्याइएको बताएको थियो ।
अमिताभले धोकाको आरोप पनि खेप्नुपर्यो । यद्यपी, अमिताभले उक्त जग्गामाथिको दाबी छोडेका थिए, त्यसपछि उनीमाथि लागेका आरोप फिर्ता लिइएको थियो ।-बीबीसी