मुखमन्त्री राउतले भने, मनसिकतामा सुधार नभएसम्म ‘सुखि नेपाली, समृद्ध नेपाल’को सपना अधुरो

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन ।सरकार एक्लैले केहि गर्न नसक्ने भएका कारण सबै राष्ट्रसेवक कर्मचारी मिलेर सरकारका योजना तथा कार्यक्रमलाई सफल पार्नमा लाग्नुपर्नेमा उनले जोड दिए । सबै मिलेर अघि बढेमात्रै विकास र समबृद्धी संमभव रहेको उनको भनाई थियो ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवम् अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको समापन कार्यक्रमा बोल्दै मुख्यमन्त्री राउतले मनसिकतामा सुधार नभएसम्म सुखि नेपाली, समृद्ध नेपालको सपना पुरा नहुने प्रष्ट पारे ।

नीति अनुसार सबै मिलेर अघि बढेमा सम्बृद्धी धेरै टाढा नरहेको बताउदै मुखमन्त्री राउतले योजना अनुसार काम नहुँदा विकास निर्माणको कार्यले गति लिन नसकेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार