प्रबक्ता प्रकाण्डको प्रमुख अतिथ्यमा विप्लव नेतृत्वको नेकपाको जनसभा काठमाडौंमा सुरु

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा अहिले विशाल जनसभा गर्दैछ ।

पछिल्लो पटक पार्टी र कार्यकर्ता भित्र आएको समस्या हल गर्दै नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा जनसभाको आयोजना गरेको हो ।
उपत्याका विभिन्न ठाँउबाट सुरु भएको र्याली पश्चात अहिले दिउसो २ बजेबाट जनसभा औपचारिक रुपमा सुरु भएको छ ।

हालै पटक पटक थुनामा परेर रिहा भएका पार्टी प्रबक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रमुख अतिथि रहेको जनसभामा पार्टीका अन्य शिर्ष नेताहरुले संमोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभामा पार्टी महासचिव विप्लव भने उपस्थित छैनन । ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बिशेष कार्यक्रम रहेको बताइए पनि अन्तिममा आएर विप्लव सभामा सहभागी नहुने उक्त पार्टीले जनाएको हो ।

नेकपामा अनुसार जनसभामा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका कम्युनिष्ट नेताहरु सहभागी छन ।

विप्लव नेतृत्वको नेकपाको जनसभालाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा ब्यवस्था कडा पार्दै निगरानी बढाइएको छ ।
नेकपाको जनसभामा सहभागी हुन जिल्ला र स्थानिय तहका हजारौं कार्यकर्ता काठमाडौं आएका छन् ।

हजारौंको सहभागीतामा सुरु भएको जनसभालाई केहिबेरमा शिर्ष नेताहरुले संमोधन गर्दैछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार