अफगानिस्तान । अफगानिस्तानमा विधुतिय धरापमा गरि कम्तिमा २२ जना प्रहरीको मृत्यु भएको छ ।
पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा परि अफगानी २२ प्रहरीको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन ।
घटनाको जिम्मेवारी लिंदै तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।
घटनामा चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार समेत जफत गरिएको तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीको भनाई छ ।
उसले आइतबार गरेको आक्रमणमा परि फराह प्रान्तमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले संचारमाध्यमलाई बताएका छन । सरकार र तालिबानबीच शान्तिवार्ता हुने प्रयास भइरहेको भएपनि यस्ता आक्रमणहरु भने रोकिएका छैनन ।