अष्ट्रेलिया । प्रवासमा रहेर नेपाली गीतहरु गाइरहेका गायक समिर आचार्य विबादमा परेका छन । ‘जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ, भन्दै राजतन्त्रको वकालत गरेपछि गीत गाएपछि गायक समिर विबादमा परेका हुन ।
हालै अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘नेपाल फेस्टिवल’ मा उनले गाएको गीतका कारण उनि विबादमा परेका हुन । कार्यक्रममा उनले ‘हटी होइन डटी लड्ने नेपाल्किो बानी हुन्छ, जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ, बोलको गीत गाएछि उनि विबादमा तानिएका छन ।
नेपालमा समाप्त भइसकेको राजतन्त्रको बढावा हुनगरि गीत गाएको भन्दै उनको अहिले चौतर्फी विबाद भइरहेको छ ।
उनले गाएको गीतमा समावेश गरिएको ‘जहा सिंगो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ’ भन्ने शब्द नै राजतन्त्रको पक्षमा प्रचार गरिएको भन्दै आपत्ती जनाउदै चौतर्फी बिरोध भएपछि कार्यक्रमको आयोजना गर्ने संस्था गैरआवसीय नेपाली संघ अष्ट्रेलियाले माफी नै मागेको छ ।
कार्यक्रममा नेपालबाट अन्य कलाकारहरु पनि बोलाइएको थियो ।
नेपालको संविधानले नै नेपालबाट पुर्णरुपमा राजतन्त्र समाप्त भई संघिय लोकतान्त्रिक गणतान्त्रिक देश भइसकेको सन्र्दभमा एउटा कलाकारले गीतमार्फत राजारानीको महिमा गर्नु उपयुक्त बेठिक भएको तर्क गरिरहेका छन ।
साथै गायक समिरले कुनै राजनिती दल वा राजावादीको संरक्षणमा यस्तो गीत गाएको भन्दै चर्को बिरोध र आलोचना गर्दै माफी माग्न आग्रह गरिरहेका छन । यद्यपी, गायक समिरकै कारण आयोजक सस्थाले माफी मागिसकेको छ ।
राजारानी गीतबारे गायक समीरको स्पष्टीकरण
आफुले गाएको गीत विबादमा तानिएपछि गायक समिर आर्चायले विबादबारे मुख खोलेका छन् ।
उनले राजारानी गीत एउटा बिशुद्ध राष्ट्रभक्तीको गीत भएको जिकिर गरेका छन ।
गीतबारे एउटा भिडियो सार्बजनिक गर्दै समिरले भनेका छन, “राजारानीका गीत हामीले गणतन्त्रमा गाउनै नपाइने त होईन होला ! मैले गाएको सबैले विरोध पनि गरेका छैनन, मैले स्टेचमा उक्त गीत गाउँदा दर्शकको धेरै सर्पोट पाएको थिए, दर्शक रमाए । केहि आदिवासी जनजातीहरुले विरोध पनि गरे, म कलाकार भएकोले सबैको सम्मन गर्छु । ”
गीतबारे उनले दिएको स्पष्टीकरण भिडियोमा उनले राजतन्त्रको प्रसंशा गरेको पाइन्छ । राजतन्त्रको इतिहास सम्झाउदै उनले भनेका छन, “२५० बर्ष लामो राजतन्त्रको इतिहास हो सजिलै भुल्न कहाँ सकिछ र, राजनैतिक परिबर्तन संगसंगै एउटा श्रष्टाको सिर्जना कसरि पर्बर्तन हुन सक्ला ? ” भन्दे प्रश्न गरेका छन ।
विबादले आफुलाई कुनै असर नपर्ने समेत उनले बताए । समिरले उक्त भिडियोमा आफुले गाएका गीतहरुले चर्चा पाइरहेको समेत भन्न छुटाएका छैनन । उनले गाएको ‘तिमी हिड्ने पिच गर्दिन्छु रोड’ बोलको गीत चर्चा छ ।