काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीले प्रधानमन्त्री केपी ओलीलाई भेटेकी छिन । प्रधानमन्त्री ओली र सुकीबीच भएको भेटमा द्विपक्षीय हितका विभिन्न सवालमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थिति रहेको थियो । दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ ।
यसैबिच, आजै बिहान नेतृ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन सुकी नेपालको औपचारिक भ्रमणका बिहिबार आएकी हुन ।
सो शिखर सम्मेलन भने आगामी शनिबार आयोजना हुँदैछ ।