नेपाल पर्यटन बोर्डद्धारा करिब पौने २ अर्ब बजेट विनियोजन

काठमाडौं । नेपाल पर्यटन बोर्डले आव ७५/ ७६ का लागि करिब एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई बजेटमा विशेष प्राथमिकता दिएको छ ।

बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि मात्रै बजेट स्वीकृत गरेको हो ।
प्रयर्टन प्रवद्र्धनका लागि रु. ३७ करोड ३५ लाख, प्रचारप्रसारका लागि रु. ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिने बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तले बताए ।

त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा रु. २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि रु. ७६ करोड ६५ लाख विनियोजन गरिएको छ ।

हिमालयन ट्राभल मार्टका लागि रु. २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि रु. १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ रु ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा रु तीन करोड बजेट छुट्याइएको निर्देशक पन्तले जानकारी दिए ।

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरी चीन र भारतमा बढी भन्दा बढी पर्यटक आकर्षण गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार