मकवानपुर। आजै मकवानपुरमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहीबार अविरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको बकैया गाउँपालिका–२ का आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना र बुद्ध घिसिङका १७ वर्षीया छोरी सम्झनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि आजै बिहान चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाका २ जना रहेका छन भने राजगढ गाउँपालिकाका र डाक्नेश्वरी नगरपालिकाका १ /१ जना रहेका छन् । उनीहरुको बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।