काठमाडौं । स्वतन्त्र मधेसका अभियान्ता सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्दै राउतलाई राज्यविरुद्धको संगठित कुसर मुद्दामा बयानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाउन आदेश गरेको छ ।
राज्यविरूद्धको संगठित कसूरमा लागेको भन्दै प्रहरीले राउतलाई रौतहटबाट असोज २१ गते पक्राउ गरेको थियो । उनिमाथीको मुद्दा अहिले जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।
राउत पछिल्लो केहिबर्ष यतादेखि नेपालबाट मधेस क्षेत्रलाई टुक्राउने अभियानमा सकृय छन ।