काठमाडौं । चीनमा जारी ‘ मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया अवार्ड जित्दै नेपालकी श्रृंखला खतिवडा फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् ।
यो अवार्ड जितेसंगै खतिवडा यो अर्वाड जित्ने नेपालको पहिलो प्रतियोगी समेत बनेकी छन । ।
सोमबार सार्वजनिक भएको नतिजा अनुसार मिस नेपाल खतिवडाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै मल्टिमिडिया अवार्ड जितेकी हुन् ।
यो प्रतिस्पर्धामा मेक्सिको दोस्रो र केन्याका सुन्दरी तेस्रो स्थानमा पर्न सफल भए ।
यस प्रतियोतिामा दर्शकको सहभागीता, भोटिङ, प्रभाव र विषयवस्तुको सिर्जनात्मकताको आधारमा मुल्याङकन गरि यो अवार्ड दिइने गरिन्छ ।
आजै भएको अर्को ‘टुरिजम भिडियो च्यालेन्ज’ विधाको प्रतिस्पर्धामा भने केन्याले अर्वाड जित्न सफल भयो । नेपालको तर्फबाट खतिवडा उत्कृष्ट ३ मा परेकी थिइन् ।