मुख्यमन्त्रीले जनकपुरधाममा झाडुं लगाए, विवाह पञ्चमीको तयारी

जनकपुरधाम । विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम क्षेत्रको सरसफाई गरेका छन् । बुधबार बाह्रविघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, लगायतका स्थानमा मुख्यमन्त्री राउत आफैले हातमा छाडुं समातेर सरसफाइ गरेका हुन ।

मुख्यमन्त्री रावतको नेतृत्वमा बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी, विद्यार्थी, सामाजिक संघसंस्था लगायतको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको थियो।

यहि मंसिर २६ गते पर्ने विवाह पञ्चमीको दिनमा राम र सीताको स्वयंवर एवंम शुभ विवाह कार्यक्रम गरिने हुँदा अहिले त्यस क्षेत्रको सरसफाई लगायत विभिन्न तयारी भइरहेको छ । जनकपुरधामलाई दुलहीजस्तै सजाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार