काठमाडौं । निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेको प्रर्दशनकारीहरु ३ घण्टापछि रिहा भएका छन ।
बिहिबार राष्ट्रपति कार्यालय अगाडी ‘म निर्मला, म मेरो राष्ट्रपतिको शरणमा आएकी छु, उल्लेखित निर्मलाको तस्बिर अंकित ब्यानर लिएर प्रदर्शन गर्दा पक्राउ परेका दर्जनबढि प्रर्दशनकारीहरु महानगरीय प्रहरी वृत्तबाट रिहा भएका हुन ।
राष्ट्रपति आजै स्वदेश फर्किदै गरेको अवस्थामा पर्दशनले अवरोध गर्ने देखिएको र निषेधआज्ञा उलंघन गरेको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेको बताएको थियो ।
निर्मलाको हत्यारा सरकारले नै संरक्षण गरिरहेको बेला राष्ट्रपतिलाई न्यायको गुहार गर्न जाँदा आफुहरुलाई प्रहरीले लछारपछार गरि पक्राउ गरेर ३ घण्टापछि छोडेको सामाजिक युवा अभियान्ता सिर्जना बिश्वकर्माले अनमोलपोष्टलाई जानकारी दिइन ।
निर्मलाले न्याय नपाउँदासम्म आफुहरुको स्वस्फुर्त शान्तीपुर्ण आन्दोलन नरोकिने उनले बताइन ।
निर्मला पन्तलाई न्याय माग्दै दिनहुं जसो काठमाडौं लगायत देशका विभिन्न ठाँउमा प्रर्दशन र शान्तीपुर्ण आन्दोलन जारी छ । तर, घटना भएको चार महिना बित्दासमेत हत्यारा पक्राउ गर्न सकेको छैन ।