ट्र्याक्टर दुर्घटनामा परी प्युठानमा ७ जनाको मृत्यु

प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । गएराति जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने एक जना बाँचेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका सात जना भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ । पाँच जना सवार ट्र्याक्टर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै थियो ।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार