नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जना पक्राउ

घोराही । नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । दाङमा चोरीका १० वटा मोटरसाइकल र लाइसेन्ससहित १४ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन ९मोडिफाई० गरिएका १० वटा मोटरसाईकल र उनीहरुको साथबाट नक्कली लाइसेन्स समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

आइतबार उनीहरुलाई प्रहरीले घोराहीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरुबाट बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एउटा यामाहा कम्पनीका मोटरसाईकल बरामद गरेको छ ।

विभिन्न नम्बर प्लेटका मोटरसाइकलसहित घोराही उपमहानगरपालिका वडा १७ का २३ वर्षीय निरज योगी, वडा १६ का २१ वर्षीय सागर हमाल, वडा १४ का २३ वर्षीय समिर सुनार, सोही ठाउँका २१ वर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ वर्षीय केन्द्रबहादुर डाँगी, र वडा १३ का १८ वर्षीय संजय परियार, त्यसैगरी लमही नगरपालिका ७ का २५ वर्षीय प्रकाश चौधरी, सोही ठाउँका २५ वर्षीय पाल्टुराम चौधरी, २७ बर्षीय हेमन्त गिरी, २४ वर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेलाका १९ वर्षीय आयोज चौधरी, २२ बर्षीय प्रियतम चौधरी, २७ बर्षीय रविप्रताव यादव र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरिएको एसपी चन्दले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरीका घटनाहरु बढेपछि प्रहरीले निगरानी बढाउँदा उनीहरुलाई पक्रान सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार