आइसोलेसनबाट अमिताभ बच्चनले भने, “सो हेल्प मि गड”


भारत । भारतिय अभिनेता अमिताभ बच्चनले आफु कोरोनामुक्त हुनका लागि भगवान पुकारेका छन् । कोरोना पुष्टिपछि करिब दुई हप्तादेखि मुम्बईको नानावती अस्पतालमा भर्ना रहेका उनले शनिवार सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै भनेका छन्, ‘ जो हाथ तपाई माया र समर्थनमा बढाउनु हुन्छ, त्यो मेरो ताकत हो ।  यसलाई म कहिल्यै आफ्नो सिस्टमबाट हराउन दिने छैन् । त्यसैले मलाई सहयोग गर्नुहोस भगवान ।’

अमिताभलाई कोरोना पुष्टि भएसंगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आरध्या पनि संक्रमित भइ अस्पताल भर्ना भएका छन् ।

अमिताभ बच्चन संक्रमित हुनुअघि शँख फुक्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ भन्दै सामाजिक संजालमा सन्देश दिइरहेका थिए । उनि संक्रमित भएपछि उनको उक्त सन्देश र शँख फुकिरहेको तस्बिर निकै भाइरल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार