आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिको गण्डक कोभिड अस्पतालमा मृत्यु


वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जको आदर्शनगरका ६५ वर्षीय वृद्ध रहेका छन् ।

उनको आइतबार बिहान वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार