अख्तियार प्रमुख आयुक्तले भने, एक रुपैयाँ घुस खानेलाई पनि छोडिन्न


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले एक रुपैयाँ खुस खानेलाई पनि  नछोड्ने बताएका छन् । एक रुपैयाँ देखि अर्बौ रुपैयाँसम्म खुस खाने दुबै भ्रष्टाचारी भएकाले कुनैपनि हालतमा नछोड्ने बताएका हुन् ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले भ्रष्टाचारी साना र ठूला मापन नगरी कारवाही गरिने बताएका छन् ।

प्रमुख आयुक्त घिमिरेले अहिले घुस लिने मोडालिटी समेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताए । कतिपय स्टिङ अपरेशनका क्रममा छिमेकी मुलुक भारतमा गएर घुस बाफतको रकम लिने, अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृति देखिएको उनले बताए ।

उनले अहिले सबै भन्दा धेरै स्थानीय तहमा भ्रष्टाचार बढेको बताए । स्थानीय तहमा वडाध्यक्षले करोडसम्म भ्रष्टाचार गरेको खबर आइरको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार