जंगली च्याउ खाँदा एक जनाको मृत्यु, एकै परिवारका सात बिरामी


जाजरकोट । जाजरकोटमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका १ स्याँक्रीकी तीन वर्षीया अञ्जना चलाउने रहेकी छन् ।

त्यस्तै च्याउ खाँदा सोही ठाउँका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएका छन् ।

उनीहरुले आइतबार राति जंगली च्याउ खाएका थिए । च्याउ खाएपछि गंम्भिर बिरामी परेका उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार