कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना


सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना पुष्टि भएको । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये दैलेखमा २८ जना, सल्यानमा दुईजना र एकजना सुर्खेतका रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१० पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कर्णालीमा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६५८ पुगेको छ भने ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार