पहिरोले घर पुर्दा रुकुममा दुई जनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाफिकोट गाउँपालिका ९ स्यालाका १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनार रहेका छन् ।

उनीहरुको मंगलबार विहान आएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जनाको शव एकै ठाउँमा फेला पारेको थियो ।
त्यस्तै पहिरोबाट अन्य ४ जनाको भने गाउँलेले सकुशल उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार