धरानमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु


विराटनगर । बुधबार धरानमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष रहेका छन् ।

उनको आज साँझ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पताल भर्ना भएका थिए ।

बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएपछि दिउँसो विराटनगरबाट रेफर गरेर धरान पठाइएका र  उपचारकै क्रममा धरानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आजै दुई जनाको विरगञ्जमा पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृतक तिनै जनाको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि गर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार