महानायक राजेश हमालले “जातको प्रश्न” ल्याउँदै

काठमाडौँ । महानायक राजेश हमालले समाजमा रहेको जातिय विभेदविरुद्ध “जातको प्रश्न” नामक टेलिभिजन कार्यक्रम संचालन गर्ने भएका छन् । समाजमा रहेको जातिय विभेदका अनेक आयाममाथि बहस गर्ने कार्यक्रम “जातको प्रश्न” कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने बिहीबार काठमाडौमा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

समता फाउण्डेसन नामक संस्थाले सुरु गर्न लागेको उक्त कार्यक्रमको प्रस्तोता अभिनेता हमाल रहने छन् । १२ वटा श्रृङ्खलामा प्रशारण हुने जातको प्रश्न टेलिभिजन कार्यक्रममा प्रस्तोता हमालले विभिन्न क्षेत्रका ब्यक्तिलाई नेपाली समाजमा रहेको जातिय विभेदबारे प्रश्न गर्नेछन् ।

साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे कार्यक्रम प्रशारण हुने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले जानकारी दिइन।

उनकाअनुसार कार्यक्रमका ६ वटा श्रृङ्खलापछि विभेद सहेका दलित समुदायका ब्यक्तिलाई भेटेर नै कार्यक्रम सञ्चालन गरिनेछ । समाजमा मानविय कलँकका रुपमा रहेको जातिय विभेदबारे पहिलोपटक आफुले टेलिभिजन कार्यक्रम संचालन गर्न पाउँदा गर्व महशुस भएको हमालले बताए ।

आफुलाई जातिय भेदभाव सबैभन्दा गलत र मन नपर्ने ब्यवहार भएको बताउँदै हमालले जातिय विभेदलाई क्रुर अमानवीय व्यवहारको संज्ञा दिए । समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियाले हालै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले जातको प्रश्नु सुरु गरेको बताए ।

यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उदेश्यले कार्यक्रम सिर्जना गरिएको परियारको भनाइ छ । जातिय विभेदको समस्या दलित समुदायको मात्रै समस्या नभएको बताउँदै परियारले यस बिषयमा अझ गैरदलित जिम्मेवार हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार