जनकपुरमा उच्च अदालतका न्यायधीसलाई कोरोना पुष्टि


जनकपुरधाम । उच्च अदालत जनकपुरका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको बताइएको छ ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमालाई पनि कोरोना पोजिटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार