विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या जाजरकोटमा ५ पुग्यो


सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जिल्लाको कुशे गाउँपालिका १ स्याक्रीमा ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ८ जना गम्भिर विरामी परेका थिए ।

त्यसमध्ये पाँच जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ । उपचाररत एक जनाको अवस्था अझै गम्भिर रहेको अस्पतलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार