जाजरकोटमा पहिरो जाँदा एक जना बेपत्ता, एक घाइते

  लोकेन्द्र विश्वकर्म

जाजरकोट । जाजरकोटको पुनमा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । अर्का एक जना घाइते भएका छन् । भेरी नगरपालिका ७ पुनमा दोकान नजिकै सुख्खा पहिरो खस्दा स्थानिय १२ बर्षीय खिमबहादुर परियार बेपत्ता भएका हुन् । पहिरोमा परेका उनका साथी १२ बर्षीय प्रदीप विश्वकर्माको भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता परियारको खोजीका लागि भोलि विहान प्रहरी घटनास्थल जाने तयारी छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर कुमार श्रेष्ठका अनुसार घर नजिकैको दोकानमा दुवै जना संगै गएका बेला पहिरो खसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार