झापा । काँग्रेस युवा नेता गगन थापाले दुई तिहाईको कम्युनिष्ट सरकारले समृद्धिको नारा दिएर जनतालाई ढाटिरहेको बताएका छन ।
प्रतिनिधी सभा सदस्य तथा पुर्बमन्त्री समेत रहेका नेता थापाले समृद्धि र विकासको नाममा कम्युनिष्ट सरकारले जनताको मतको अवमुल्यन गरिरहेको बताए ।
मंगलबार काङ्ग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको सभामा बोल्दै नेता थापाले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै बलियो प्रधानमन्त्री हुँदा समेत जनताको नाममा सिन्को भाँच्न नसकेको आरोप लगाए ।
आफ्नो पार्टी विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकारमा हुँदा पार्टीभित्र र बाहिर सबैतिरबाट दबाब रहेको भन्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई त्यस्तो केहि नरहेको बताए।
जनतालाई समृद्धि दिन्छु भनि गठन भएको ओली सरकारले समृद्धिको सङ्केत समेत देखाउन नसकेको उनको भनाई छ ।