सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ


रौतहट । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीया बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीया बिनोद रानाभाट र १९ वर्षीया केशर मगर रहेका छन् ।

उनहरले गएको बिहीबार फतुवा बिजयपुरमा ट्रकभित्रै एक युवतीलाई सामूहिक रुपमा बलात्कार गरेको आरोप लागेको छ ।  चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी ट्रकमा हालेका उनीहरुले बरगिनिया चौक पुगेपछि युवतीलाई बलात्कार गरेपछि युवतीले कराउन थालेपछि स्थानीयले थाहा पाएर प्रहरीले जानकारी दिएका थिए ।

तीनै जना विरुद्ध जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको जनाइएको छ ।

युवतीका अभिभावक भने अहिलेसम्म पनि सम्पर्कमा नआएकाले उनलाई महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार