आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २० हजार नाघ्यो

काठमाडौं । आज जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिवार दिएको नियमित कोरोना अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २० हजार ८६ पुगको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर अस्पतालबाट ९३ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना निको भएर १४ हजार ४९२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । देशभरी अहिले सकृय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार