वीरगञ्जमा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि


वीरगञ्ज । वीरगञ्जमा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना बाराका र अरु सबै पर्साका गरी १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको प्रयोगशालाले जनाएको छ । एकै ठाउँमा एकैदिन यति धेरै संख्यामा कोरोना पोजिटिभ देखिएको यो पहिलो हो । त्यस्तै वीरगञ्जमा आजै दुई जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।

पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। सोही अनुसार वीरगन्जमा परीक्षणको दायरा पनि बढाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार