हरेक बर्ष अगष्टको पहिलो सातालाई “विश्व स्तनपान सप्ताह” भनेर मनाउँदै आएको छ । जसमा नेपालले पनि आत्मसाथ गर्दै आएको छ ।
स्तनपानको महत्वबारे जनसमुदायमाझ चेतना अभिवृद्धी गर्ने उदेश्यले विश्व स्तनपान सप्ताह मनाइने गरिन्छ । यहि अवसरमा पुर्ण स्तनपानको महत्वका बिषयमा केहि अनुभव साट्न चाहन्छु ।
संसारमा भएका जतिपनि स्तनधारी जीव छन्, ती मध्ये मानिस मात्र यस्तो जीव हो जसले आफ्नो भन्दा पनि अरुको दूध खुवाउन लालाहित हुन्छ । गाई, भैंसी, बाख्रा र विभिन्न कम्पनीका उत्पादित दुधका व्रान्डहरु बच्चालाई खुवाउने काम गरिन्छ । अनि एक थरी आमाहरुका गुनाशा हुन्छन्, ‘मेरो बच्चालाई दुध पुगेन, दुध नै राम्रासँग आएन, बच्चा रोएको रोएइ गर्छ । दूध खानै मान्दैन, बट्टाको दूध वा अन्य दूध सुरु गर्नुपर्छ जस्तो छ ।’
म यहि बिषयमा काम गर्दै आएको हुनाले बच्चालाई आमाको दुध नै खुवाउनुपर्छ भन्ने कुरामा जोड दिदै आएकी छु । जब आफ्ना वरपर भर्खरै जन्मिएका शिशु र तिनका आमाहरुलाई स्तपानको प्राविधिक पक्ष बुझाउदै गर्दा यस्तै गुनाशा र चिन्ता सुन्दै आएकी छु । तर पनि मेरो सधै एउटै भनाइ छ, ‘मानिसले मानिसकै दूध खुवाउने हो, अरुको होइन् ।’
बच्चालाई दुध आएन भनेर विशेषज्ञसँग सल्लाह गर्नु भन्दा पनि आफै सजिलोको लागि अर्को बाटो रोज्ने गर्छन् । र बच्चालाई आफ्नो दूध आएन भनेर अनेक थरी दूध खुवाउने गर्दछन् । जो बच्चाका लागि निकै हानिकारक पनि हुनसक्छ ।
सामान्यतया महिलाले जब गर्भधारण गर्छिन तब उनमा विभिन्न हर्माेन परिर्वतन शुरु हुन थाल्छ । प्रसुती पछि आमाको शरीरमा ऑक्सीटोसिन र प्रोल्याक्टिन हर्मोनको विकास हुन्छ । ऑक्सीटोसिनले दूध बनाउँछ भने, प्रोल्याक्टिनले शरीरबाट दूध बाहिर निस्कासन गर्ने काम गर्छ । यदि सामान्य तवरबाट दुध निस्कासन नभएमा क्रमश Full breast, engorgement, Crack Nipple, Sore \Fissure Nipple, Mastitis र Abscess जस्ता समस्या देखिन थाल्छन् ।
Full breast देखिन Sore Nipple सम्मको समस्या अधिकांशलाई देखिने भएता पनि उपचार सहज हुन्छ । Mastitis र Abscess को अवस्थामा भने जटिलता बढ्दै जान्छ र शल्यक्रियाको केश बन्न जान्छ । तसर्थ हामीले यस्तो समस्यालाई समयमै निराकरण गर्न स्तनपान व्यवस्थापनलाई बुझ्न जरुरी हुन्छ ।
के हो त स्तनपान व्यवस्थापन
स्तनपान व्यवस्थापन, स्तनपानको प्राविधिक व्यवस्थापन हो । आमाहरुमा कुनै प्रकारको शारिरीक, मानसिक र मनोवैज्ञानिक समस्या नभएता पनि दूध आएन वा पुगेन भन्ने गुनासाहरु हुन सक्छन् । यस्तो अवस्था नआओस् भनेर गर्भवस्थामा गर्नुपर्ने पूर्व तयारी, प्रसुतीमा अपनाउनुपर्ने सजगता र प्रसुती पछि दिइने प्राविधिक सहायताको एकिकृत व्यवस्थापनलाई नै स्तनपान व्यवस्थापन भनिन्छ ।
धेरैले स्तनपानलाई प्रसुतीसँग जोडेर हेरेको पाइन्छ तर यो गलत हो । हामी गर्भावस्था र प्रसुती पछिको समयमा स्तन सम्बन्धी जाँच र चिकित्सालाई नजर अन्दाज गरिदै आएकोमा चिन्तित छौं । र यसको पक्षमा वकालत गर्दै आएका छौं ।
प्रसुती पछि मनोसामाजिक परामर्शसँगै स्तनपानको प्रारम्भिक सुरुवात, अवस्थाको संलग्नता र उचित होल्डिङ जस्ता विषयलाई प्राविधिक पक्षमा समेट्न सकिन्छ ।
समान्य अवस्थामै पनि आमाहरुमा पूर्ण स्तनपान र संलग्नता भएन भने दूधमा गानिलो र थुनिलो समस्या हुनसक्छ । Breast duet हरु राम्रोसँग नखुलेमा यस्तो समस्या देखिन्छ । यस्तो अवस्थामा एक किसिमको Japanese technical manual massage आमाहरुको स्तनमा दिन सकिन्छ । यसलाई Oketani technical massage भनिन्छ ।
यो विधिले स्तनका दगभतहरु खुल्ने र दूधको वहाव बढ्ने हुनाले जति शरीरबाट बाहिरीयो त्यति नै दूध उत्पादन पनि बढ्ने हुन्छ ।
विकसित राष्ट्रहरुमा त्यहाँको सरकारले नै स्तनपान विशेषज्ञको विकास गरेको हुन्छ । तर, हामीले शाफिया केन्द्रबाट स्तनपानको सेवा दिइरहेका छौं । कति मानिहरु हामो केन्द्रमा पनि विभिन्न समस्याहरु लिएर आउछन् । त्यस्ता समस्यामा परेका व्यक्तिलाई हामीले सेवा दिइरहेका छौं ।
हाम्रो शाफिया केन्द्रमा सेवा लिनेहरु, ‘ओहो ! नेपालमा पनि यस्तो विशेषज्ञ हुनुहुन्छ ?’ भन्दै अचम्म मान्ने गर्दछन् । शाफिया केन्द्रले विगत दश वर्षदेखि नवाजात शिशु र आमाहरुलाई यस किसिमको सेवाहरु दिदै आइरहेको छ ।
स्तनपान र नवजात शिशुको बारेमा समस्या लिएर आउने धेरै दम्पतीलाई हामीले दिएको सेवाबाट सन्तुष्टी मिलेको बताउँछन् । हाम्रो केन्द्रमा आउने धेरै आमाहरु दूधकै समस्या लिएर आउँछन् । हामीले दिएका सल्लाह र उपचारले गर्दा ती आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएका उदाहरणहरु पनि छन् ।
अन्तमा, एउटी आमाले सफलतापूर्वक स्तनपान राउन आमाको शारिरीक स्वास्थ्य मात्र होइन, परिवारको सहयोग, सहायता मात्र पनि होइन, सबैको साथ र सहयोग आवश्यक पर्दछ ।
गाईले जब बच्चा पाउँछ, बाच्छाले अघाउने गरी दूध खान्छ । त्यसपछि हामीले पनि खान्छौं । तर मान्छेको भने बच्चालाई समेत खान नपुग्ने कसरी हुन सक्छ ? यो हुन सक्दैन् ।
हो मानिस सामाजिक प्राणि हो । उ जसरी परिवार र समाजप्रति उत्तरदायी हुन्छ त्यसरी नै आश्रीत र अपेक्षाकृत पनि हुन्छ । मातृत्व सबैको खास हुन्छ, हामी त मावन हौं । आफ्नो शिशुलाई सधै नै खास बनाउन खोज्छौं, सधै त्यसमा चिन्तित हुन्छौं ।
सबैको कुरा सुन्न खोज्छौं, बुझ्न खोज्छौं, यसो गर्दागर्दै यो बुझ्दैनौं की, हाम्रो मनो शारीरिक पक्षले नै नवजात शिशुलाई स्तनपान र पूर्ण स्तनपानबाट बञ्चित गराइरहेका छौं । विगतका वर्षहरुमा प्रसुतीपछि देखिने डिप्रेसनको प्रचलित दर ह्वात्तै बढेको देखिन्छ ।
यसले पनि स्तनपानमा प्रत्यक्ष असर पार्छ । तसर्थ आमा र परिवारका अन्य सदस्यहरुलाई प्राविधिक, मानोसामाजिक सहायता र परामर्श महत्वपूर्ण हुन्छ । त्यसैले राज्यले यदि आफ्नो भविष्य बालबालिकामा देख्छ र लगानी गर्दछ भने, पूर्ण स्तनपानमा मात्रै लगानी गर्नुपर्दछ । ताकी यस वर्षको नारा “एक स्वस्थ ग्रहका लागि स्तनपानलाई समर्थन गरौं” (Support Breastfeeding for a healthier planet) लाई सार्थक बनाउन सकियोस् ।
(लेखक, खातुन पोषण तथा स्तनपान प्राविधिक विशेषज्ञका रुपमा शाफिया केन्द्रमा कार्यरत छन् । Email: shafiacenter@gmail.com)