काेरोना संक्रमित बढ्न थालेपछि स्थानीय तह आफैले गरे लकडाउन र निषेधाज्ञा


काठमाडौं । नेपालमा पछिल्लो समय कारोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारले चैत ११ गतेबाट गरेको लकडाउन साउन ७ गतेबाट हटाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो ।

कोरोना संक्रमितको संख्या बढेपनि सरकारले पहिलेको जस्तो देश पूर्ण लकडाउन भने नगर्ने बताएको छ । तर स्थानीय तह र प्रशसान मिलेर कोरोना संक्रमणकाे दर उच्च देखिएका ठाउँमा निषेधाज्ञा र लकडाउन गर्दै आइरहेका छन् ।सरकारले पनि यो अधिकार उनीहरुलाई दिएको  छ ।

आजबाट रौतहटमा पनि स्थानीय प्रशासनले ९ दिका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अतिआवश्यक बाहेकका काममा नागरिकलाई घर बाहिर ननिस्किन आग्रह समेत गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन नागरीकले प्रशासनको नियमलाई पलना गर्दै सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया लगायत सबै बजारहरु विहानैदेखि बन्द गरेका छन् । बजारमा रहेका औषधि पसल, अस्पतालबाहेक अन्य सबै पसल बन्द रहेका छन् ।

रौतहटमा समुदायभित्र कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारी गर्दै २४ गते शनिवारदेखि अगामी २९ गतेसम्म जिल्लाभरी लागूहुने गरि निषेधाज्ञा घोषणा गरेका छन् ।

त्यस्तै सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ । नगरापालिकाले साउन ३२ गतेसम्मका लागि सबै काम बन्द गरेको छ । बिहान ८ देखि ११ बजेसम्म आवश्यक पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको छ ।

निषेधाज्ञालाई उलंघन गरेर हिंड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्नु स्थानीय प्रशासनले निणर्य गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार