काठमाडौंमा फेरि वेवारिसे शिशु भेटियो, १७ वर्षीय किशोरी पक्राउ


काठमाडौं । काठमाडौंमै फेरि वेवारिसे शिशु भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेको हो ।

कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई अस्पताल पठायएको प्रहरीले जनाएको छ ।उद्धार गरिएको शिशुलाई पेप्सिकोला मै रहेको मदरल्याण्ड अस्पतालमा राखिएको काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार प्रहरीले अस्पताल पछाडि रहेको झाडीबाट शिशुको उद्धार गरिएको हो।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । तर पक्राउ परेकी किशोरीले बच्चा आफ्नो नभएको वयान दिएको प्रहरीको भनाई छ ।

यसअघि काठमाडौंको कपनमा चउरमा कार्टुनमा राखिएको बच्चा फेला परेको थियो । तर, त्यस बिषयमा प्रहरीले खोज अनुसंन्धान गरेपछि बच्चाको आमा र फाल्ने ब्यक्ति पत्ता लागेको थियो । जुन बिषय अहिले सामाजिक संजाल लगायतमा चर्चाको बिषय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार