कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । काठमाडौं, मोरङ र वीरगञ्ज गरी तीन ठाउँमा तीन जनाको मृत्यु भएको   हो ।

मृत्यु हुनेमा पर्सा घर भई वीरगंञ्जको छपकैयामा बस्ने ७३ वर्षीया पुरुष, मोरङका ५८ वर्षीया पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीया महिला रहेकी छन् ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार