आज ३७८ जना कोरोना संक्रमित थपिए


काठमाडौं । आज ३७८ जनामा कोरोना पुष्टि भएको छ । शनिवार स्वास्थ्य मन्त्रालयद्धारा दिइएको नियमित कोरोना अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जना संक्रमित थपिएका हुन ।

योसंगै हालसम्म नेपालमा संक्रमितको संख्या २२ हजार ५९२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिलेसम्म १६ हजार ३१३ जना कोरोना निको भएर घर फर्किएछन् । कोरोनाबाट अहिलेसम्म नेपालमा ७३ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गरी ६२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा ३ \ ३ जना नयां संक्रमित थपिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार