कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु


बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला रहेकी छन् ।

उनको कोहलपुर मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाको लक्षण देखिएकी उनलाई केही दिन पहिले अस्पताल भर्ना गरी उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार