गोरु काटेको आरोपमा १० जना पक्राउ

सुनसरी । फेरि गोरु काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटिरहेको अवस्थामा धरान उपमहानगरपालिका–३ का आशिष खड्गी, राजेश खड्गी, राजेन्द्र खड्गी, धरान–११ का अनिष शाही, अनिल शाही, सुनसरी भोक्राह नर्सिङ–३ का आशिक मनसुरी,बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी र महमुदी मनसुरी पक्राउ परेका छन ।

चार वटा गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान जारि रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।  पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नेपालको कानून अनुसार गोरु काट्नु दण्डनिय कार्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार