काठमाडौ महानगरपालिका मेयर शाक्यको अर्को योजनाः जहाँ पायो त्यही यात्रु ओराल्न र चढाउन नपाउने

काठमाडौं। काठमाडौंका बिभिन्न ठाँउमा गरिने गाडी पार्किङले सर्बसाधारण लगायत ट्राफिक ब्यवस्थापनमा समेत समस्या आउदै गरेको छ । यहि समस्यालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले टुँडिखेल लगायत अन्य महत्वपुर्ण क्षेत्रमा आइतबारबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ ।

सार्वजनिक सवारी साधनहरुलाई लामो समय सम्म एकै स्थानमा रोकेर राख्दा सर्बसाधारण प्रदल यात्री र सवारी जामको समस्या बढ्कादै गएपछि महानगरपालिकाले यस्तो ब्यवस्था लागु गरेको हो । काठमाडौ महानगरपालिकालाई प्रदूषण मुक्त बनाउन समेत यो ब्यवस्था लागु गरिएको महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए ।

यो ब्यवस्था पहिलो चरणमा टुँडिखेल आसपासका स्थानमा शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र महानगरपालिकाका ३२ वटै वडामा लागू हुने मेयर शाक्यले बताए ।

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको बताइन्छ ।

पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ भने एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् ।

तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ ।
टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

त्यसैगरि, टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउने ब्यवस्था हुनेछ ।

त्यसैगरि, टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । यसैगरि, उपत्याका अन्य ठाँउमाहरुमा पनि यो ब्यवस्था लागु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार