नेपाल आइडल र द भ्वाइस अफ नेपाल भन्दा दोब्बर बढि पुरुस्कारको सिङगिङ रियालिटी शो हुंदै, कसरी भाग लिने ?

काठमाडौं । नेपाल आइडल र भ्वाइस अफ नेपाल भन्दा दोब्बर बढि पुरुस्कारको सिङगिङ रियालिटी सो आयोजना हुने भएको छ ।
लोक गीत संगीतको महत्वलाई अझै उजागर गर्नका लागि सिङगिङ रियालिटी शो “नेपाल लोक स्टार” आयोजना हुन लागेको हो । फागुनको पहिलो साताबाट सुरु हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुलाई झण्डै एक करोड बराबरको धनरासी पुरुस्कार दिइने आयोजक चाहाना मिडियाले जनाएको छ ।

सिङगिङ रियालिटी शो नेपाल लोक स्टारमा प्रथम हुनेलाई नगद रु ५०, दोस्रोलाई २५, र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रयक्ष प्रसारण गरिनेछ ।

कार्यक्रमको निर्णायकमा वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार, गायक, तथा संगीत संयोजक बिबि अनुरागी, चर्चित गायक रामजी खाँण र लोक गायिका सुनिता दुलाल रहेने छन् । कार्यक्रमको सल्लाहकारमा भने लोक गायक कुमार बस्नेत र पत्रकार ऋषी धमाला छन् ।

प्रतियोगितामा कसरि भाग लिने ?
३० वटा अँकमा प्रसारण हुने सिङगिङ रियालिटी शो नेपाल लोक स्टारमा सहभागी हुनका लागि देशका साठ वटै प्रदेशमा हुने अडिसनमा आवेदन दिनु पर्नेछ ।

अडिसनको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । माघको पहिलो हप्तादेखि आनेदन खुला गरिनेछ ।
प्रतियोगितामा नेपाल लोक स्टारको मोवाइल एपबाट पनि भिडियोमार्फत अडिसन दिन सकिने आयोजकले जनाएको छ ।

तिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ ।

२० बाट १० सम्म ५०∕५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्मपूर्ण अधिकार दर्शकको भोटमा रहने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार