रवि बने नेपाल आइडल–२ को विजेता, २२ लाख र कारसहित थुर्पै पुरस्कार

काठमाडौं । नेपाल आइडल सिजन–२ को उपाधि धनगढीका रवि ओडले जितेका छन् । शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् क्याम्पसको मैदानमा भएको आइडलको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि आइडल बनेका हुन ।

विजेता भएसंगै रविले २२ लाखको चेक, एक होन्डा डब्लूआर–भी कार लगायत अन्य पुरस्कारहरु पाएका छन ।
दर्शकको अत्याधिक भोट र निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशीको निर्णयका आधारमा विजेता घोषणा गरिएको हो ।

कंचनपुरको गुलरिया स्थायी घर भएका रविले कैलालीको धनगढीमा भएको आइडलको अडिसनबाट छानिदै प्रतियोगीताको विभिन्न चरणहरु पार गर्दै विजेता भएमा हुन ।

प्रतियोगीताको फष्र्ट रनर अप पोखराका बिक्रम बराल भए भने सेकेण्ड रनर अप झापाका सुमित पाठक भएका छन । त्यस्तै झापाकै अस्मिता अधिकारीले चौथो स्थानमा चित्त बुझाएकी छन । बिक्रम, सुमित र अस्मिताले पनि नगदसहित थुर्पै उपहार पाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार