रविले यस्तो भने नेपाल आइडल–२ जितेपछि (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले सबै संगीतप्रेमी नेपालीहरुको जित भएको बताएका छन ।

शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् क्याम्पसको मैदानमा आइडल घोषणा भए लगत्तै रविले अनमोलपोस्टलाई प्रतिकृया दिदै भने, “यो मेरो मात्रै जीत होईन, सबै नेपालीको जीत हो । तपाईहरुको मेहनत, साथ र सहयोगको प्रतिफल आज पाइएको छ । नेपाल आइडल जितेको छु, आगामी दिनमा अझै मेहनत गर्नेछु ।”

ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन कंचनपुरबाट काठमाडौं आउनु भएकी रविकी आमाले पनि छोरालाई जिताइदिने सबैलाई धन्यवाद दिएकी छिन । “मेरा छोराकन भोट दिन्यां सबैलाई धन्यवाद छ रविकी आमाले भनिन्, धेरै खुशी लाग्याको छ ।”

नेपाल आइडल सिजन २ को विजेता भएसंगै रविले २२ लाखको चेक, एक होन्डा डब्लूआर–भी कार लगायत अन्य पुरस्कारहरु पाएका छन ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार