उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्नेगरी पूर्वाधार तयार गर्न मन्त्री भट्टराईको निर्देशन


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साइकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न समेत उनले पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिएका छन् । मन्त्री भट्टराईले विदेशी पर्यटकहरुलाई मध्यनजर गर्दै नेपाली, हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ ले सवै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले कोभिड पछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार