जङ्गली साग खाँदा एकै गाउँका ५ जना बेहोस, हेलिकप्टरबाट उद्धार गर्ने तयारी


डोल्पा । जङ्गली साग खाँदा उपल्लो डोल्पामा ५ जना बेहोस भएका छन् । जङ्गलबाट हरियो साग ल्याएर पकाएर खाएका जाजरकोटका ५ जना बेहोस भएका हुन् ।

बेहोस हुनेमा जागरकोटको नलगाड नगरपालिका ५ का ३६ विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, ४ का १८ वर्षीया अजय वली र ८ का ३३ वर्षीय शिवराज केसी रहेका छन् ।

उनीहरु सबै जना शे – फोक्सुण्डो गाउँपालिका १ मा रहेको निजाल गुम्बा पुनर्निर्माणका लागि गएका कामदार हुन् । उनीहरुले सोमबार बेलुकीको खानामा गुम्बा वरिपरि पाइने जंगली साग पकाएर खाए लगत्तै सबैजना बेहोस भएका बताइएको छ ।

बेहोस भएका उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार