एक थान पेस्तोल सहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन ।
काठमाडौंको जडिबुटीबाट धदिङका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रेका अञ्जन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान खुकुरी समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र समेत फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार