रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते


रोल्पा । रोल्पामा पहिरोले घर परिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको लुंग्री गाउँपालिकामा १ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरका ११ वर्षीया छोरा युवराज र ८ वर्षीया अमर घर्तीमगर रहेका छन् ।

गएराति उनीहरु सुतिरहेको बेला पहिरोले पुरिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको बताइएको छ ।

उनका जेठा छोरा यमराज भने आफन्तको घरमा पाहुना लाग्न गएकाले बचेका छन् । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएका र अहिलेसम्म पनि परिवारको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार