काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार २ सय १ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपामा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा कोरोना निको भएर घर फर्किएका छन् ।