अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाईयो (भिडियोसहित)

राष्ट्रिय पोसाकका रुपमा दौरा सुरुवाल र ढाका टोपीलाई मान्यता दिनुपर्ने

काठमाडौं । काठमाडौंको माइतीघरमण्डलामा युवाहरुले अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाएंका छन् । जागरुक युवा अभियान नेपालको अगुवाइमा अंग्रेजी नयाँवर्षको पहिलो दिन मंगलबार बिहान माइतीघरमण्डलामा युवाहरु भेला भइ टोपी दिवस मनाइएका हुन ।

जागरुक युवा अभियान नेपालले काठमाडौंमा बिगत ६ बर्षदेखि जनवरी एक तारीखलाई टोपी दिवशका रुपमा मनाउदै आएको छ ।
“नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारा लेखिएका ब्यानर, प्लेकार्ड बोकेका युवाहरु माइतीघर मण्डलामा भेला भई टोपी दिवस मनाएका छन् । राष्ट्रिय पोसाकका रुपमा दौरा सुरुवाल र ढाका टोपीलाई सरकारले मान्यता दिनुपर्ने उनिहरुको भनाई छ ।

नेपालीको पहिचान नै ढाका टोपी र दाउरा सुरवाल भएकाले सबै सरकारी कार्यालयहरुमा अनिर्वाय रुपमा लागाउनु पर्ने नियम बनाउन उनिहरुले सरकारसंग आग्रह समेत गरेका छन् ।

टोपी दिवसका अधियान्ताहरु घनश्याम श्रेष्ठ, राजेश खत्री, रामजी बलामी, मोहमद अजमत अलि, जर्नादन पौडेल, लक्ष्मण लम्साल, ज्ञानमणी कालोटोपी, बसन्त हुमागाई, शिव धिताल र जनक कार्की लगायतका युवाहरुले ढाका टोपी र दौरा सुरवाल लोप हुंदै गइरहेकाले यसको संरक्षण र प्रयोगमा लाग्न सबैलाई आग्रह समेत गरे ।

यसबर्षको टोपी दिवस अन्य बर्षको भन्दा भव्य र बृहत भएको ति अभियान्ताहरुले दाबी गरेका छन । माइतघर मण्डलामा ढाका टोपी, दौरा सुरुवाल र गुन्यो चोटी लगाएर साथ हातमा नेपालको झण्डा बोकेका युवाहरुले नेपाल र नेपालीको पहिचान जोगाउन सबै नेपाली लाग्नु पर्नेमा जोड दिए ।

भिडियो हेर्नुहोस,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार